काठमाडौ । आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले राय सुझाव माग गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको लािग राय सुझाव पेस गर्न आह्वान गरेको हो । राष्ट्र बैंकका अनुसार सूचना जारी भएको मिति जेठ २६ गतेबाट लागु हुने गरी १० दिनभित्र नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा आइपुग्नु गरी सुझाव पेस गर्नुपर्छ ।