काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सोमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले सेयरधनीहरूलाई आर्थिक वर्ष २०८०/८१ का लागि आठ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर वितरणसँगै नियमकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम तोकिएको न्यूनतम चुक्ता पुँजी पुग्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।