काठमाडौ । स्मार्टफोन ब्रान्ड भिभोले दराज ६.६ मेगा मिड–इयर सेलको अवसरमा जुन ६ देखि जुन १० सम्म विशेष अफरहरू सार्वजनिक गरेको छ । यस मिड–इयर उत्सवले ग्राहकहरूलाई अतुलनीय डिल, थप आकर्षक उपहारहरू र विशेष छुटहरू प्रदान गर्दै अनलाइन खरिदलाई पहिलेभन्दा अझै रोचक र लाभदायक बनाएको छ ।
नेपालभरका ग्राहकहरूलाई आफ्नो नवीन प्रविधि थप पहुँचयोग्य बनाउने उद्देश्यसहित भिभोले यस अफरमार्फत आफ्नो अनलाइन उपस्थिति विस्तार गर्दै आकर्षक डिलहरू प्रस्तुत गरेको छ । पाँच दिनको यस सेल अवधिमा, दराजमा भिभो स्मार्टफोनको हरेक खरिदमा भिभो बड्स, एप्रो १० इयरबड्स र क्लिपबड्सजस्ता उच्च गुणस्तरका अडियो सामानहरू निःशुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् । आकर्षक उपहार बन्डलका अतिरिक्त, भिभोले आफ्नो भिभो वाई १९एस र भिभो बड्समा पनि विशेष छुटहरू ल्याएको छ ।