काठमाडौं । टोखामा मंगलबार गोली चलेको छ । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको टोकाको ग्राण्डी अस्पताल नजिकै गोली चलाएर चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट प्रहरीले १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा दुई प्रहरी रवीन्द्र केसी र नवराज घिसिङ पनि घाइते भएका छन् ।