काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तीसारस्थित होटल मार्कोपोलोमा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । यो सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा ‘रुम चार्ज’मा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।
हालै बैंकले ललितपुरस्थित बेक एन्ड सर्भमा १२ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । साथै, बैंकले काठमाडौंस्थित भ्यु थ्रि हन्डे«ड सिस्टी डिग्री रिर्सोट र ललितपुरस्थित प्याराडाइज हिल्समा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ६२ वटा न्यानो नानीमार्फत हरेक वर्ष दुई हजार दुई सय ९४ भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ । बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा करिब ४० करोड रुपैयाँले राजस्वमा योगदान पु¥याएको छ । साथै, चालू आर्थिक वर्षको पुस मसान्तसम्म करिब १५ करोड राजस्व स्वरूप बुझाइसकेको छ ।