सिमकोट (हुम्ला) । सिमकोट गाउँपालिका–७ धारापोरी गाउँकी एक बालिका तीन दिनदेखि बेपत्ता भएकी छन् । यही जेठ २६ गते विद्यालयबाट फर्केपछि घरमा खाजा खाएर पाँच जना साथीहरूसँग खेल्न गएकी सुनसरी सिंह राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुबा देवी सिंहले बताइन् ।
कर्णाली माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत बेपत्ता बालिकाको परिवारका सदस्य र स्थानीयले खोजी गर्दा नभेटिएपछि उनीहरुले २७ गते बिहान प्रहरीलाई खोजतलासका लागि आग्रह गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जेवी सिंहको नेतृत्वमा सिमकोटबाट तीन जना र धारापोरी प्रहरीचौकीको टोली खटिएको बताए ।