काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले खुम्चिएको छ । अघिल्लो दिन २५ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार १३ दशमलव ६९ अंकले ओरालो लागेर २६ सय ६४ दशमलव ४७ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६८ अंकले ओरालो लागेर चार सय ५६ दशमलव आठ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय सात वटा कम्पनीहरुको ८१ हजार सात सय तीन पटकको कारोबारमा दुई करोड २० लाख ७५ हजार सात सय ६९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम नौं अर्ब ९० करोड ७० लाख पाँच हजार पाँच सय ७५ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।