काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा गत मङ्गलबारदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा सुनको मूल्य बिहीबार तोलामा एक हजार ६०० ले वृद्धि भएको छ । बिहीबार एक तोला सुनको मुल्य एक लाख ९२ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत मङ्गलबार एक तोला सुन एक लाख ९० हजारमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जानकारी दिए अनुसार अन्तरराष्ट्रिय बजारमा बिहीबार एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।