त्रिवेणी (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा बिहीबार बिहान आएको बाढीमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिएका छन् ।
उनका अनुसार बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न नसकिने अवस्था रहेको छ । डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।
नयाँ पुल ढलान भएको हुँदा असारको दोस्रो सातादेखि सो पुल सञ्चालन गर्ने योजना रहेको बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।