काठमाडौं । हिरो मोटोकर्पले दोस्रो संस्करणको ‘एक्सट्रयाक’ इभेन्ट पर्यटनको मुटु पोखरामा गर्ने भएको छ । पहिलो संस्करणको रूपमा धुलिखेलमा तीन सयभन्दा बढी राइडरहरूको सहभागितामा प्रतियोगिता आयोजना गरेको कम्पनीले शनिबारको दिन पोखरामा आयोजना गर्न लागेको हो ।
उक्त इभेन्टमा मोटरसाइकलप्रेमी राइडरहरूले डर्ट ट्रयाक एवं अफ रोड राइडिङको अविष्मरणीय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ । इभेन्टमा सहभागिहरूले हिरोको एड्भेन्चर श्रेणीका मोटरसाइकल विशेषतः हिरो एक्सपल्स दुई सय फोरभी र एक्सपल्स दुई सय फोरभी प्रो, विशेषरूपमा डिजाइन गरी तयार पारिएको ट्रयाकमा प्रत्यक्षरूपमा चलाएर आफ्नो अफरोड राइडको स्किलको समेत परीक्षण गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चिकताका साथै व्यावसायिक मार्सलहरूको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागीहरूले आफ्ना अफरोड राइडिङ कलाको टेस्ट गर्नुका साथै थप राइडिङ टिस्प पनि प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् ।
पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने बहुप्रतिक्षित ‘एक्सट्रयाक इभेन्ट’ बिहान १० बजेबाट सुरु हुनेछ । यस इभेन्टमा सहभागिता जनाउन चाहने इच्छुकले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेज गई निःशुल्करूपमा रजिस्ट्रेसन गरी आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् । सहभागिताका लागि इच्छुक राइडरहरूले चालक अनुमति पत्रका साथ सेफ्टी गियरहरू आफ्नो साथमा लिएर आउनुपर्नेछ । इभेन्टमा सहभागी तथा अनुभवी राइडरहरूका लागि हिरो मोटोकर्प नेपालका तर्फबाट मोटरसाइकल उपलब्ध गराइनेछ । साथै, कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्रान्डेड जर्सी लिमिटेड एडिसनको व्यवस्था गरिएको कम्पनीले वताएको छ ।