काठमाडौँ । दुर्गा प्रसाईँसहित सात जनालाई आपराधिक उपद्रवको आरोपमा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई न्यायाधीश ध्रुवराज कार्कीको इजलासले थुनामा पठाउने आदेश दिएको हो । अदालतले सोही घटनामा संलग्न ३२ जनालाई १० हजारदेखि एक लाखसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।