वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर–२२ स्थित सीताराम चोकमा शुक्रबार विहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सिर्सियाबाट ड्राईपोर्टतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको ट्रकको पछाडि ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
उनले ट्रकसँग मोटरसाइकल ठोक्कीएर मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको र एक जनाको उपचार भइरहेको बताए । उनका अनुसार पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैया टोलका २३ वर्षिय रामाकान्त यादव र सोही ठाउँका विजय यादवको मृत्यु भएको छ भने सोही ठाउँका २२ वर्षे विजयकुमार यादवको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।