काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) बीच व्यावसायिक सम्झौता भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखी सम्झौता भएको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनतर्फ अध्यक्ष ई. सुभाषचन्द्र बरालबाट हस्ताक्षर भई सो व्यावसायिक सेवा आरम्भ गरिएको बैंकले जानकारी दिएको छ । यो सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गरिएको छ । सोही सम्झौताअनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरी बैंकको दुई सय ७५ वटा शाखाहरूमार्फत प्रोफेसनल बचत खाता खोली १० लाखको दुर्घटना बीमा सुविधासहित अन्य व्यावसायिक कर्जा, स्टार्ट–अप कर्जा, क्लिन सोसल कर्जा, र डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।