चन्द्रपुर (रौतहट) । गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको आइतबार बिहान चट्याङ लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जानकारी दिए ।