काठमाडौं । नेपाली स्मार्टफोन बजारमा प्रविधिको नयाँ अध्याय सुरु गर्दै रियलमीले आफ्नो अत्याधुनिक रियलमी १४ सिरिजको सार्वजनिक गरेको छ । प्राविधिक उत्कृष्टता, स्टाइल र गेमिङ क्षमताको अभूतपूर्व संयोजन भएको यस सिरिजमा रियलमी १४ टी फाइभजी र रियलमी १४ फाइभजीजस्ता शक्तिशाली स्मार्ट फोनहरू समावेश छन् ।
रियलमीको यो नयाँ सिरिज आधुनिक प्रयोगकर्ताको आवश्यकता र चाहनालाई ध्यानमा राखी डिजाइन गरिएको हो, यसमा उच्च प्रदर्शन, गेमिङ–मैत्री विशेषता, उन्नत क्यामेरा प्रणाली र फास्ट चार्जिङजस्ता सुविधाहरू समावेश रहेका छन् । रियलमी १४ फाइभजी स्न्याप ड्रागन आर सिक्स जेनफो फाइभजी, चिपसेट, एड्भान्स बायोनिक कुलिङ सिस्टम र विशाल छ हजार एमएएच टाइटन ब्याट्रीले सञ्चालित छ, जसमा १२० हर्ज एमोलिड इस्पोट्र्स डिस्प्ले, उत्कृष्ट कनेक्टिभिटीका लागि एन्टेना एरे म्याट्रिक्स २.० एफ, स्मार्ट एआई सुविधाहरू आईपी ६६, आईपी६८ र आईपी६९ प्रमाणित उच्च टिकाउ संरचना समावेश छ ।
यसैगरी रियलमी १४ टी फाइभजी यो फोनमा मिडिया टेक डिमासिटी छ हजार एफ/फाइभजी प्रोसेसर बायोनिक कुलिङ सिस्टम, ५० एमपी मुख्य क्यामेरा, आठ एमपी फ्रन्ट क्यामेरा, विशाल ६ हजार एफ÷एमएएच ब्याट्री, स्मूथ स्क्रोलिङ र लाइभ अनुभव प्रदान गर्ने अल्ट्रा–रिफ्रेस टेक्नोलोजी, अत्याधुनिक प्रोसेसर, ४५ वाट÷सुपरभोक चार्जिङ रहेका छन् । रियलमी १४ सिरिजको अग्रिम बुकिङ सुरु भइसकेको छ भने पहिलो बिक्री पनि चाँडै सुरु हुँदैछ । रियलमी १४ सिरिज अब नेपालभरका आधिकारिक स्टोरहरू तथा अनलाइन डिजिटल पार्टनरमार्फत उपलब्ध छ । ग्राहकहरूले नजिकको स्टोर वा आधिकारिक प्लेटफर्ममार्फत फोन अर्डर गरी विशेष अफरको लाभ लिन सक्नेछन् ।