विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी चयन भएका छन् । संगठनको यही जेठ ३० र ३१ गते सम्पन्न भएको ५२औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि राठीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, उपाध्यक्षमा सुरेन्द्र गोल्छा, विपिन कावरा, सचिवमा सुबोध कोइराला र कोषाध्यक्षमा पारस लुनियालाई चयन गरेको छ । त्यसैगरी साधारणसभाले कार्यसमिति सदस्यमा सौरभ सारडा, वीरेन्द्र राठी, सन्तोष भगत, जयेन्द्र शर्मा, सृजन प्याकुरेल, उकेश अग्रवाल, दिपक अग्रवाल र सिद्धार्थ कावरालाई निर्विरोध निर्वाचित गरेको छ । संगठनको विधानअनुरूप नवनिर्वाचित अध्यक्षले एक जना महिलासहित तीन जना कार्यसमिति सदस्य मनोनयन गर्ने प्रावधान रहेका छ । सोहीअनुसार शनिबार नै सदस्यमा प्रतिक राउत, पारस गोल्छा र महिला सदस्यमा किरण ब्यासलाई मनोनयन गरिएको छ ।