काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक शुन्य दशमलव ४७ अंकले उकालो लागेर २६ सय ५५ दशमलव ८५ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ६७ अंकले ओरालो लागेर चार सय ५३ दशमलव ४१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीहरुको ९५ हजार तीन सय ७४ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड ५३ लाख ९३ हजार सात सय ६२ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार छ सय ३६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, जलबिद्युत, उत्पादनमुलक, निर्जीवन बीमा र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, फाईनान्स, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् ।