काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरूका लागि ‘सधैँ अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राहकहरूले एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन् । यो योजना यत्तिमा मात्रै सीमित छैन । हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही एक लाख रुपैयाँ नगर पुरस्कार जित्नेछन् ।
कम्पनीका अनुसार यो साप्ताहिक नगद पुरस्कार १२ हप्तासम्म जारी रहनेछ । त्यसको साथै यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरूप प्राप्त गर्छन्, जसले गर्दा यो योजना सबैका लागि हात खाली नजाने योजना बनेको छ । ‘सधैँ अन करोडपति’ योजना आइतबारदेखि लागू भएको छ । यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दामाथिको कुनै पनि एनसेल सेवाजस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनुपर्छ । यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुनेछ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले यो मनसुनमा, एक दशकभन्दा लामो समयपछि यति ठूलो योजना सञ्चालनमा ल्याएको बताए । एक करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था रहेकाले योजना विशेष बनेको उनको दाबी छ । ग्राहकहरूले ८१२३३ डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवाहरू लिन सक्छन् । त्यसैगरी एनसेल रिचार्ज तथा प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ ।
हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको एक वटा टिकट प्राप्त गर्नेछन् । यदि ग्राहकहरूले चार सय ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने उनीहरूले पाँच वटा टिकट प्राप्त गर्नेछन् । यसको मतलब प्याकको मूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ । ग्राहकहरूलाई सेवा खरिदपश्चात् उनीहरूले पाएको आफ्नो टिकट हेर्न सकिने लिन् तुरुन्तै एसएमएसमार्फत पठाइनेछ । एनसेल एपमार्फत ८९९९९३ डायल गरेर वा चालु हप्ताका लागि एक र सम्पूर्ण योजना अवधिका लागि दुई टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफूले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको छ ।
यस योजनाको अर्को विशेषता भनेको रिन्युअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो । सामान्यरूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा एक वटा टिकट प्राप्त हुन्छ । तर यदि त्यो सेवा रिन्युअल वा रोमिङ हो भने ग्राहकले दुई वटा टिकटहरू प्राप्त गर्छन् । कुनै पनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्रि ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य हुनेछन् । पोस्टपेड प्रयोगकर्ताहरूले मासिकरूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्युअलमा टिकटहरू स्वचालितरूपमा जारी रहने कम्पनीले जनाएको छ ।
यस योजना अवधिभर प्रत्येक आइतबार साँझ ६ः३० देखि ७ः०० बजेको समयमा एनसेल युट्युब च्यानल, एनसेल एपमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिनेछन् । नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधै सम्पर्क गर्नेछ ।