काठमाडौं । इनड्राइभले काठमाडौंमा आफ्नो ‘राइड्स फर गोल्स’ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियानको प्रमुख उद्देश्य पब्लिक विद्यालयका खेल मैदानहरूको पुनर्निर्माण तथा स्तरोन्नति गर्नु र विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सक्रियरूपमा सहभागी गराउँदै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पुर्याउनु हो ।
यस क्याम्पेनमार्फत विद्यालयका खेल मैदानलाई आधुनिक र सुरक्षित बनाउन सहयोग गरिएको हो, यसले विद्यार्थीहरूलाई खेलकुदप्रति रूचि बढाउने, टीमवर्कको भावना विकास गर्ने र स्वास्थ्य जीवनशैली अपनाउन उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ । अंग्रेजी ‘मे’ महिनाभरि सञ्चालन गरिएको यस अभियानको माध्यमबाट, प्रत्येक तेस्रो राइडको भाडाको १० प्रतिशत रकम, चयन गरिएका पब्लिक प्राइमेरी विद्यालयहरूको खेलमैदान मर्मत तथा आवश्यक खेलकुद सामग्रीहरू उपलब्ध गराउन खर्च गरिएको थियो । यस अभियानले विद्यालयका खेल मैदानहरूको पूर्वाधार मर्मत तथा सम्वर्द्धन गरेको छ ।
‘राइड्स फर गोल्स’ इनड्राइभकोे उद्देश्यसँग गहिरोसँग जोडिएको छ, जसले सामाजिक समानता प्रवर्द्धन गर्ने र सेवायुक्त तथा विकासशील क्षेत्रहरूमा सकारात्मक योगदान दिने लक्ष्य राखेको छ । यसका क्याम्पेनमार्फत इनड्राइभले स्कुल बालबालिकाको भौतिक तथा मानसिक विकासमा जोड दिएको छ र समुदायको भविष्य निर्माणमा पनि आफ्नो सक्रिय भूमिका पुष्टि गरेको छ ।