अछाम । अछामको चौरपाटी गाउँपालिका– ७ मार्कुमा हर्कबहादुर बोगटीको घरमा आइतबार राति चट्याङ परेर उनको घरको गोठमा बाँधिएका तीन वटा बाख्रा तत्कालै मरेका छन् । उक्त घटनामा बोगटीकी श्रीमती चन्द्रकला बोगटीको दाहिने खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।