काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन शुन्य दशमलव ४७ अंकले उकालो लागेको नेप्से परिसुचक आज सोमबार भने दुई दशमलव ८० अंकले उकालो लागेर २६ सय ५८ दशमलव ६६ बिन्दुमा उक्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने यसदिन शुन्य दशमलव २५ अंकले खुम्चिएर चार सय ५३ दशमलव १६ अंकमा सिमित भएको छ ।
धितोपत्र बजारमा आज तीन सय १८ वटा कम्पनीहरुको एक लाख पाँच हजार छ सय ३५ पटकको कारोबारमा तीन करोड ३६ लाख ३७ हजार नौं सय ६६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार सात सय ४२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, जलबिद्युत, लगानी, उत्पादनमुलक र अन्य उपसमुहको सुचक घटेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष, निर्जीवन बीमा र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।