काठमाडौ । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा शुक्रबारदेखि सवारीसाधन सञ्चालन हुने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको हो ।
यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनसँगै फ्लाइओभरबाटै सवारीसाधन सञ्चालन गरिने भएको हो । गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनका तयारी गर्न निर्देशन दिएको थियो । मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्नेलगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले जानकारी दिए ।