हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बाट लागूऔषध र २ थान पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले राक्सिराङ गाउँ पालिका–१ स्थित राजु स्याङतान पक्राउ परेको जनाएको छ ।
विशेष सूचनाका आधारमा गत शनिबार स्याङतानको घरमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध अफिम र गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्काले जानकारी दिएका छन् ।
स्याङ्तानलाई पक्राउ गरी लागुऔषध तथा खरखजना कसुर मुद्दामा अनुसन्धान कार्य भइरहेको उनले बताए । स्याङतान विगतमा आपराधिक कार्यमा संलग्न रहेर सजाय काटिसकेका व्यक्ति हुन् । गत २०७६ साल साउन ४ गते लागुऔषध तथा हातहतियार मुद्दामा पक्राउ परी उनले ५ वर्ष ६ महिना कैद सजाय काटेका थिए ।