काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको ईैजरायल एम्बेसी अगाडी मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । समाजले ईजरायल एम्बेसी अगाडी प्रदर्शन गरेपछि दरबारमार्गस्थित ईरानी कन्सुलेटको कार्यालय अगाडी समेत प्रदर्शन गरेको छ । समाजले ब्यानर तथा प्ले कार्ड सहित प्रदर्शन गरेको हो । समाजले प्रदर्शन गरेको ब्यानर तथा प्ले कार्डमा युद्ध अन्त्य गरी शान्ति स्थापना गर्न र मानवअधिकारको रक्षा गरी प्रजातन्तको पुनर्वहाली गर्न माग गरिएको छ । विगत केहि समयदेखि ईजरायल र इरान बिच युद्ध चर्किएपछि त्यसको अन्त्यको लागि दबाब स्वरुप प्रदर्शन गरेको समाजले जनाएको छ ।