काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा गत जेठ २७ गतेदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा सुन तोलामा ९०० ले बढेको हो । बुधबार सुनको मूल्य एक तोलाको एक लाख ९५ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले बुधबार एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा अन्तरराष्ट्रिय बजारमा कारोबार भइरहेको जनाएका छन् ।