काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बुधबार बैठक बस्दैछ ।
प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले बुधबार दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने जानकारी दिए ।
उनीहरूबीच प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ ।