काठमाडौं । इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ । कम्पनीले अभियानलाई अझ बढी परिस्कृत बनाउने बाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे सुरुवात गरेको हो ।
इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरूपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, यसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यु टाटा एक्सप्रेस ईभी कार, टीभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाइ–इन्ड ग्याजेटहरू रहेका छन् । क्याम्पेनअनुसार जुन १६देखि जुन २२, २०२५ सम्म चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे क्याम्पेनमा प्रवेश गर्नका लागि योग्य हुन ३५ ओटा राइड पूरा गर्नुपर्नेछ । यस्तै, जुन २३, २०२५ देखि इनड्राइभ चालकहरूले विक्ली च्यालेन्जेजको सिरिजमा भाग लिने मौका पाउनेछन् । प्रत्येक हप्ताको उनीहरूले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्ने जनाइएको छ ।
यस्तै, जुन २३ देखि जुलाई १३ सम्मको विक्ली च्यालेन्जेजमा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको लागि मात्र नभई ग्रान्ड प्राइजको लागि पनि योग्य हुनेछन्, जसमा क्याब (ट्याक्सी) चालकहरूको लागि टाटा एक्सप्रेस–टी र्ईभी र बाइक राइडरहरूको लागि टीभीएस रेइडर मोटरसाइकल रहेको छ । क्याम्पेन तीन हप्तासम्म आयोजना हुनेगरी डिजाइन गरिएको छ, प्रत्येक हप्ता विजेताहरूको घोषणा गरिने र जुलाई १७, २०२५ मा ग्रान्ड विनरको घोषणा गरिनेछ ।
विजेताहरूले टाटा एक्सप्रेस–टी ईभी (क्याब श्रेणीको ग्रान्ड प्राइज), टीभीएस रेइडर मोटरसाइकल (बाइक श्रेणीको ग्रान्ड प्राइज), स्मार्टफोन १५ ओटा, स्मार्टवाच ३० ओटा, इयरबड्स ३० ओटा र साप्ताहिक पुरस्कार (५ स्मार्टफोन, १० स्मार्टवाच, १० इयरबड) पुरस्कार पाउनेछन् । ग्रान्ड प्राइजको लागि योग्य हुन, चालकहरूले क्याम्पेनको तीनै हप्ताको लागि प्लेटिनम स्ट्याटस मेन्टेन गर्नुपर्नेछ । कुनै पनि हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूलाई साप्ताहिक पुरस्कार विजेतामा सहभागी गराईनेछ ।