काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक–आपसमा गाभिई ‘आइएमई खल्ती लिमिटेड’ कायम हुने भएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।
राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरू आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक–आपसमा गाभिई साबिकका संस्थाहरूको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्नेगरी गाभ्न/गाभिनका लागि अन्तिम स्वीकृति प्रदान भएअनुरूप दुवै संस्थाबाट सञ्चालन हुँदै आएको भुक्तानीसम्बन्धी सम्पूर्ण कारोबार मिति २०८२/०४/०१ गते बिहीबारका दिनदेखि एकीकृतरूपमा ‘आइएमई खल्ती लिमिटेड’को नामबाट सञ्चालन हुने भएकोले ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७’ को विनियम ३७ को उपविनियम १३ मा भएको व्यवस्थाबमोजिम सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको हो, राष्ट्र बैंकले भनेको छ ।