काठमाडौं । शाओमीले नेपाली बजारमा दुई अत्याधुनिक ट्याब्लेट शाओमी प्याड७ र रेड्मी प्याड२ सार्वजनिक गरेको छ । शक्तिशाली प्रोसेसर, उच्च गुणस्तरको डिस्प्ले, लामो ब्याट्री आयु र नवीनतम शाओमी हाइपरओएस प्रणालीसहित आएका यी ट्याब्लेटहरूले नेपाली प्रयोगकर्ताहरूका लागि मनोरञ्जन, अध्ययन र अन्य काममा पनि नयाँ प्रविधिको अनुभव दिलाउने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार शाओमी प्याड ७ ७ मा ३.२के रिजोल्युसनसहितको एक सय ४४ हर्जको हाई–रिफ्रेस रेट भएको डिस्प्ले दिइएको छ, जसले स्क्रोलिङ र मल्टिमिडिया अनुभवलाई सरल र सहज बनाउँछ । स्न्यापड्रागन आर ७ प्लस जेन ३ प्रोसेसरसहित यो ट्याब्लेट ४एनएम प्रविधिमा निर्मित भएको हो । साथै यसको ८८५० एमएएच क्षमताको ब्याट्रीलाई ४५वाटको फास्ट चार्जिङ प्रविधिद्वारा १०३ मिनेटमै पूर्ण चार्ज गर्न सकिन्छ । डेस्कटपजस्तै मल्टिटास्किङ अनुभव दिन सक्ने हाइपरओएस प्रणाली यसमा समावेश छ । १३ मेगापिक्सेल ब्याक र ८मेगापिक्सेल फ्रन्ट क्यामेराले उच्च गुणस्तरको फोटोग्राफी अनुभव प्रदान गर्छ ।
यसैगरी कम्पनीको रेड्मी प्याड २ सबैका लागि पहुँचयोग्य ट्याब्लेट हो । ११ इन्चको २.५के डिस्प्ले, ९० हट्र्ज रिफ्रेस रेट र हेलिओ जी १००–अल्ट्रा प्रोसेसरसहित रेड्मी प्याड दुुई अध्ययन, मनोरञ्जन र सामान्य कामका लागि उत्तम विकल्प भएको कम्पनीको दाबी छ । यो ट्याब्लेट ६ एनएम प्रविधिमा निर्मित शक्तिशाली प्रोसेसरसहित आएको छ । यसमा रहेको ९००० एमएएच ब्याट्रीले दिनभरको कामलाई सहज बनाउँछ । दुवै ट्याब्लेटमा चारवटा स्पिकर छन् जसमा डल्बी एटमस प्रविधिको रहेको छ, जसले सिनेम्याटिक साउन्ड अनुभव प्रदान गर्छ । टीयुभी रेहिइनल्यान्ड प्रमाणीकरण पाएको स्क्रिनले आँखाको सुरक्षालाई ख्याल राखेको छ ।
शाओमी प्याड ७ ग्रे, ग्रिन र ब्लु रङमा उपलब्ध छ । ८/१२८जीबी, र ८/२५६जीबी, स्टोरेज भेरियन्टमा प्राप्त गर्न सकिन्छ । त्यस्तै, रेड्मी प्याड दुई ग्राफाइट ग्रे, मिन्ट ग्रिन र ल्याभेन्डर पर्पल रङमा ६/१२८ जीबी र ८/२५६ जीबी स्टोरेज उपलब्ध छ । रेडमी प्याड २ को मूल्य क्रमशः २४ हजार नौ सय ९९ रुपैयाँ र २९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ भने शाओमी प्याड ७ को मूल्य ४४ हजार नौ सय ९९ रुपैयाँ र ४९ हजार नौ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीका अनुसार हाल शाओमी प्याड ७ र रेडमी प्याड २ को प्रि बुकिङ समेत खुल्ला गरिएको छ । जुन २० तारिख सम्म खुला रहने प्रि–बुकिङमा विशेष अफरहरू समेत उपलब्ध छन् । यो समयमा प्याड ७ खरिद गर्नेहरूले सात हजार नौ सय ९९ रुपैयाँ बजार मूल्य रहेको किबोर्ड वा फोकस पेन केवल पाँच हजार नौ सय ९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् भने रेडमी प्याड २ खरिद गर्नेहरूले निःशुल्क रेडमी बड्स ५ए प्राप्त गर्नेछन् । शाओमीका अनुसार, यी दुवै ट्याब्लेटहरू नेपालभरिका सबै एमआई स्टोरहरू, शाओमीका आधिकारिक विक्रेता र दराज तथा हुकुट स्टोरमा पनि समेत उपलब्ध छन् ।