राजविराज (सप्तरी) । कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा को १० प ५६२ नम्बर र बा ५५ प ६६३९ नम्बरको दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा हनुमाननगर आइतबार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कङ्कालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठक्किँदा दुवै चालकको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार सप्तरीको शम्भुनाथ नपा–११ राजपुर बस्ने वर्ष १९ का अविनाश मण्डल बा५५प ६६३९ नम्बरको मोटरसाइकल चालक र कञ्चनरूप नपा–१ बैरवा बस्ने वर्ष ३४ को को१०प ५६२ नम्बर मोटरसाइकल चालक ओमप्रकाश पञ्जियारको मृत्यु भएको हो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मण्डलको र विराटनगरस्थित न्युरोमा पञ्जियारको उपचारका क्रममा मृत्यु गएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयलेका अनुसार को १० प ५६२ नम्बरको मोटरसाइकलको पछाडि बसेका कञ्चनरुप–१ कै ३० वर्षिय घाइते सुभास महतो उपचारपछि घर फर्किएका छन् । दुर्घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।