काठमाडौं, साउन २३ नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरको रिर्भस रिपो जारी गरेको छ । राष्ट्र बैंकका अनुसार साउन २२ गते बिहीबार सात दिने अवधिको रिभर्स रिपो बिक्री गरेको हो । रिपो खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बिहीबार अपराह्न तीन बजेसम्म सहभागिता जनाएका थिए । रिपोको परिपक्व हुुने अवधि यही सायन २९ गते तोकिएको छ । यसअघि यही साउन १५ गतेपनि राष्ट्र बैंकले सात दिने अवधिको २० अर्ब रुपैयाँको रिर्भस रिपो बिक्री गरेको थियो । उक्त रिपोको परिपक्व हुुने अवधि पनि साउन २२ गते नै तोकिएको थियो ।