काठमाडौं । पोखरा महानगरपालिका ३१ मा रहेको वेगनास लेक फ्रन्ट रेस्टुरेन्ट र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई खाना तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले वेगनाश तालको रमणीय दृश्य अवलोकनको आनन्दका साथै खाना र आवास सुविधामा १० प्रतिशत छुट पाउने भएका छन् । सो छुट सुविधा वेगनास लेक फ्रन्ट रेन्टुरेन्टमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा वेगनास लेक फ्रन्ट रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर विश्वराज पौडेल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर भएको हो ।