काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन झण्डै ३३ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्र्रो कारोबार दिन आज सोमबार भने चार दशमलव ७८ अंकले उकालो लागेर २६ सय दशमलव ७६ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९७ अंकले उकालो लागेर चार सय ४५ दशमलव शुन्य सात बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २५ वटा कम्पनीहरुको ७० हजार आठ सय ३१ पटकको कारोबारमा एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ४७ करोड १९ लाख ५२ हजार छ सय ७८ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, होटल तथा पर्यटन, जलबिद्युत, लगानी, लघुवित्त र व्यापार सहितका सात वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बिकास बैंक, जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष, निर्जीवन बीमा र अन्य सहितका छ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।