काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले निःशुल्क रकमान्तर सुविधा सुरु गरेको छ । फाइनान्सले आफ्नो डिजिटल सेवालाई अझै उत्कृष्ट बनाउने तथा आफ्ना ग्राहकलाई दिइरहेको सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यले इन्स्टा फन्ड ट्रान्सफरमार्फत निःशुल्क अन्तरबैंक रकमान्तरको सुविधा ल्याएको हो । यो सुविधा मन्जुश्रीको मोबाइल बैंकिङ एपको मन्जुश्री स्मार्टअन्तर्गत इन्स्टा फन्ड ट्रान्सफर भुक्तानी विकल्पबाट, एपमा आबद्ध बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम रकमान्तर गर्न सक्नेछन् ।
निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । हालको मितिसम्म एक लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा पुर्याउँदै आइरहेको छ ।