काठमाडौं । नेपाल बैंक र स्लाभिका आईभीएफ एन्ड रिसर्च सेन्टर प्रालिबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं, सिनामंगलमा अवस्थित आईभीएफ एन्ड रिसर्च सेन्टरमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट हुनेछ ।
सो सम्झौताबमोजिम अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकहरूले विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउनुका साथै गाइनोकोलोजी र आईभीएफको परार्मश सेवामा एक सय प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र आईभीएफका तर्फबाट अध्यक्ष अजयजंग कुँवरले हस्ताक्षर गरेका हुन् ।