कोलम्बो । श्रीलंकामा उपभोक्ता मूल्य सूचकांक (कोलम्बो उपभोक्ता मूल्य सूचकांक) अनुसार मे २०२५ मा समग्र महँगी दर शून्य दशमलव छ प्रतिशत पुगेको छ । यो दर अघिल्लो महिना अर्थात् अप्रिल २०२५ मा शून्य दशमलव आठ प्रतिशत ऋणात्मक थियो । यो विवरण श्रीलंकाको जनगणना तथा तथ्यांक विभागले सार्वजनिक गरेको हो ।
प्रकाशित तथ्यांकअनुसार खाद्य वस्तुहरूको वार्षिक महँगी दर अप्रिलमा दुई दशमलव नौ प्रतिशत थियो भने मे महिनामा बढेर पाँच दशमलव नौ प्रतिशतमा पुगेको छ ।
खाद्यबाहेकका वस्तु तथा सेवाहरूको महँगी दर भने मे महिनामा तीन दशमलव चार प्रतिशत ऋणात्मक देखिएको छ, जुन अप्रिलमा तीन दिशमलव सात प्रतिशत ऋणात्मक थियो ।
सन् २०२२ को सेप्टेम्बर महिनामा श्रीलंकामा गम्भीर आर्थिक संकटका कारण महँगी दर ६९ दशमलव आठ प्रतिशतसम्म पुगेको थियो । त्यसयता महँगीमा क्रमिकरूपमा गिरावट आइरहेको देखिन्छ ।