काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै पाँच अंकले बढेको नेप्से साताको तेस्रोे कारोबार दिन आज मंगलबार भने शुन्य दशमलव २२ अंकले ओरालो लागेर २६ सय दशमलव ५३ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव शुन्य १० अंकले उकालो लागेर चार सय ४५ दशमलव १७ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीहरुको ६२ हजार सात सय ५५ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ३८ लाख १८ हजार पाँच सय ५९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेपनि बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका आठ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।