काठमाडौँ : विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधव नेपालको बयान सुरु भएको छ। विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान जारी छ। पतञ्जलीमने जग्गा हदबन्दी भन्दा धेरै बेचेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि सांसद पदबाट निलम्बित पूर्वप्रधानमन्त्री नेपालको बयान सुरु भएको हो ।