काठमाडौं । अस्ट्रेलियामा गैरआवासीय नेपालीको लगानीमा सञ्चालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसनले दुई वटा विधामा अन्तर्र्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।
थाइल्यान्डको फुकेटस्थित र्याडिसन रिसोर्ट एन्ड सुइट्समा सम्पन्न ‘ग्लोब समिट, २०२५’ मा चर्चिल इन्स्टिच्युटले उत्कृष्ट सम्मेलनपत्र र उत्कृष्ट प्रस्तुतीकरण विधामा उक्त सम्मान प्राप्त गरेको चर्चिल इन्स्टिच्युटका निर्देशक सागर लोहनीले बताए । ‘ग्लोबल लिडरसिप इन हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट’ शीर्षकमा आयोजित दोस्रो संस्करणको ग्लोब समिट यही जुन २१ देखि २३ सम्म आयोजना भएको थियो ।
निर्देशक लोहनीले यो सम्मानले विश्वको आतिथ्यता र पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउने अनुसन्धानप्रतिको प्रतिबद्धतामा थप बल पुगेको बताए । सम्मेलन पर्यटन तथा आतिथ्य क्षेत्रमा नवप्रवर्तन, दिगोपना र नेतृत्व विषयमा केन्द्रित थियो । सम्मेलनमा विश्वभरका पर्यटन, आतिथ्य र शिक्षा क्षेत्रका विज्ञ, प्राध्यापक तथा उद्योग नेतृत्वकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो । त्यस अवसरमा चर्चिल इन्स्टिच्युटका प्राध्यापकहरूले प्रस्तुत गरेका दुई अनुसन्धानपत्रले सबैको ध्यान खिचेको थियो । सम्मेलनमा डा सिद्धार्थ जैन, डा सय्यद महमुद अहमद र डा रोन्सिनले सम्मेलनपत्र प्रस्तुत गरेका थिए । साथै, प्रस्तुतीकरणतर्फ प्रस्तुतकर्ता डा थोमस डेनिगनका साथमा सहलेखकहरू डा सिद्धार्थ जैन र डा सय्यद महमुद अहमद थिए ।