काठमाडौं । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्ज क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ । कम्पनीले सो क्षेत्रमा विशेष अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी क्रेटा ईभी सार्वजनिक गरेको हो । कार्यक्रममा अहिलेसम्मकै व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीको बारेमा दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ । साथै, लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रि–लक्स चार्जिङ्गको नेटवर्क विस्तार गर्न लागेको जनाएको छ ।
कम्पनीले हाल देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियानअन्तर्गत कम्पनील हिम इन्टरकन्टिनेन्ल प्रालि (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा पिस सिद्धार्थ कटेज रेस्टुरेन्ट सुर्खेत रोड, नेपालगञ्जमा विशेष भेटघाट कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा क्रेटा ईभी बुकिङ तथा हस्तान्तरण समेत गरिएको थियो ।