काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन शुन्य दशमलव २२ अंकले खुम्चिएको शेयर बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन बुधबार पनि शुन्य दशमलव ३३ अंकले ओरालो लागेर २६ सय दशमलव २० बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य पाँच अंकले घटेर चार सय ४५ दशमलव ११ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ६१ हजार आठ सय २४ पटकको कारोबारमा एक करोड ३७ लाख ५९ हजार छ सय चार कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम पाँच अर्ब ९४ करोड २८ लाख ५२ हजार दुई सय ५६ रुपैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, होटटल तथा पर्यटन, जलबिद्युत, जीवन बीमा, सामुहिक लगानी कोष र निर्जीवन बीमा उपसमुहको सुचक उकालो लागेका छन् ।