काठमाडौं । मेटलाइफ नेपालले आफ्नो वार्षिक बीमालेख पुनर्जागरण अभियान सुरु गरेको छ । जसअन्तर्गत ग्राहकहरूलाई आफ्ना व्यतित जीवन बीमा पोलिसीहरू पुनः सक्रिय गरी भविष्य सुरक्षित राख्ने अवसर प्रदान गरिएको छ ।
यस अभियानअन्तर्गत म्याद नाघेको पाँच वर्षभित्रको पोलिसीमा एक सय प्रतिशत विलम्ब शुल्क मिनाहा गरिएको छ भने पाँच वर्षभन्दा बढी समयदेखि व्यतित भएका पोलिसीहरूमा ६० प्रतिशत विलम्ब शुल्क मिनाहा गरिनेछ । यसले ग्राहकहरूलाई पोलिसी पुनः सक्रिय गर्न सहयोग पुर्याउँछ, जसले दीर्घकालीन आर्थिक सुरक्षातर्फको प्रतिबद्धता कायम राख्न मद्दत गर्छ ।
बीमालेख पुनर्जागरण गर्ने प्रक्रिया सहज र पहुँचयोग्य बनाइएको छ । आवेदन फारम कम्पनीको वेबसाइटमा उपलब्ध छ भने प्रिमियम भुक्तानी इ–सेवा, कनेक्ट आइपीएस वा वन बाई मेटलाइफ एपमार्फत गर्न सकिन्छ ।
मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भन्छन्, ‘यो अभियान हामीले ग्राहकहरूलाई सुरक्षित राख्ने र आत्मविश्वासका साथ भविष्यका योजना बनाउन सहयोग पुर्याउने हाम्रो निरन्तर प्रयासको एक हिस्सा हो । सबै योग्य पोलिसीहोल्डरहरूलाई यस अवसरको लाभ लिन हामी आग्रह गर्छौँ ।’ थप जानकारीका लागि ग्राहकहरूले मेटलाइफ कस्टमर सेवा ०१–५९७०१६६ मा सम्पर्क गर्न वा नजिकको मेटलाइफ कार्यालयमा जान सकिने कम्पनीले जानकारी दिएको छ ।