काठमाडौं । मञ्जुश्री फाइनान्सले खल्तीसँगको सहकार्यमा डिजिटल वालेटमार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ । मन्जुश्री फाइनान्स र खल्तीको सहकार्यमा सुरु गरिएको स्मार्ट डिपोजिटजस्तो नवीनतम प्रविधिले वित्तीय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउनेछ ।
खल्तीमार्फत आफ्नो वित्तीय कारोबार गरिरहेका ग्राहक सदस्यले सजिलै मन्जुश्रीमा खाता खोल्न र आफ्नो कारोबार गर्न सक्नेछन् । यसले वित्तीय संस्थामा गएर खाता खोल्नका लागि खर्चनुपर्ने समय बचत हुनेछ भने वित्तीय कारोबार गर्न झनै सहज हुने विश्वास रहेको मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिल्सिनाले बताए ।
यस सेवामार्फत खल्ती प्रयोगकर्ताले आफ्नो वालेटबाटै दैनिक, साप्ताहिक वा मासिक रूपमा निश्चित रकम बचत गर्न सक्नेछन् । बचत अवधि छ महिनादेखि ६० महिनासम्म चयन गर्न मिल्नेछ भने न्यूनतम एक सय रुपैयाँबाट सुरुआत गर्न सकिने सुविधा रहेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार खल्ती र मञ्जुश्री फाइनान्सको सहकार्यमा सुरु गरिएको ‘स्मार्ट डिपोजिटजस्तो डिजिटल बचत फिचरले नेपाल राष्ट्र बैंकको वित्तीय पहुँच विस्तारको लक्ष्यलाई सार्थक बनाउन थप सहयोग पुर्याउने विश्वास छ । यस्ता नवीनतम प्रविधिमार्फत प्रदान गरिने सेवा तथा सुविधाले डिजिटल समावेशीकरणलाई बलियो बनाउने र दिगो आर्थिक समृद्धिमा टेवा पुर्याउन योगदान दिने विश्वास गरिएको छ ।
हाललाई यो स्मार्ट डिपोजिट सुविधाअन्तर्गत मन्जुश्री खल्ती बचत खातामा वार्षिक पाँच प्रतिशत साथै स्मार्ट रिकरिङ खातामा वार्षिक सात प्रतिशत ब्याज प्राप्त गर्न सकिनेछ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको ।