काठमाडौं । मुकुल ढकाल सर्वोच्च अदालतमा गएका छन् । आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा. ढकाल सर्वोच्च गएका हुन । ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रुपमा रहेको अभिलेखलाई यथावत राख्नुपर्ने माग गरेका हुन । ढकालको निवेदनमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले प्रारम्भिक सुनुवाई गर्दैछ ।