काठमाडौं । नेपाल आयल निगमको थानकोट डिपोका कर्मचारीको संलग्नतामा तेल बोकेर गएको ट्याङकरबाट तेल चोरी गर्ने गरिएको पाइएको छ । गत जेठ ३० गते थानकोट डिपोबाट तेल भरेर गएको ना.४ ख ९४२२ नम्बरको ट्यांकरमा निगम थानकोट डिपोका अपरेसन अधिकृत गणेशराज जोशीले २० हजार लिटरको ट्यांकरमा थप ३ सय लिटर तेल थपेर पठाएर बाटोमा पुन सोही तेल निकालिरहेको अवस्थामा समातिएपछि तेल चोरी हुने गरेको घटना सार्वजनिक भएको हो । सलम्बुदेवी आयल स्टोरको लागि तेल ढुवानी गर्दै गरेको उक्त ट्यांकर तेल निकालिरहेको अवस्थामा समातिएपछि तेल चोरीमा आयल निगमका कर्मचारीको संलग्नता पुष्टि भएको हो । यसरी निकालिएको तेल काठमाडौंका नजिकका डिपोहरुमा सस्तोमा दिएर निगम उच्च तहसम्म सो पैसा बाडफाट हुने गरेको बताइएको छ ।