बागलुङ । पश्चिम बागलुङको बडिगाड गाँउपालिका ७ भिमगिठेमा विपरित दिशामा गुडिरहेका बस र पिकअप जिप एकआपसमा ठोकिँदा पाँच जना घाइते भएका छन् । बसमा नौ जना र जिपमा सात जना सवार थिए ।
गलकोट नगरपालिका ८ का श्याम सुनार, नविन गलामी, टिकाराम कामी, अनिल श्रीस र विज्ञान गलामी घाइते भए हुनु । बडिगाड गाउँपालिकाका नगर प्रहरी हवल्दार कमल रानाले उनीहरुको अनुहार र हातमा चोट लागेकोले स्थानीय स्वास्थ्य संस्थामा उपचार चलिरहेको बताए ।
गलकोटबाट बोबाङतर्फ जाँदै गरेको घ १ ज ४२० नम्बरको पिकअप जिप र बुर्तिबाङबाट बुटवल जाँदै गरेको लु १ ख ८२८६ नम्बरको बस एक आपसमा ठोकिएका हुन् । प्रहरीले पिकअप चालक कृष्णबहादुर खत्री र बस चालक श्याम बहादुर रजौंलीलाई नियन्त्रणमा लिएको छ ।