काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा छ करोड ८० लाख ४४ रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड २१ लाख २६ हजार छ सय ३४ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४० करोड ७६ लाख ९२ हजार तीन सय पाँच रुपैयाँ रहेका रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब ५८ करोड ८८ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६८ करोड नौ लाख ३७ हजार दुई सय ५९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ८१ लाख ३१ हजार चार सय ३८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले एक अर्ब ३७ करोड ३९ लाख ८९ हजार पाँच सय ५३ रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८९ करोड ७१ लाख १२ हजार तीन सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड तीन लाख १० हजार चार सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।