काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दुईपाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ लगनखेल बसपार्कमा सञ्चालन भएको छ । बिहीबारदेखि सुरु भएको फेस्ट असार १७ गतेसम्म चल्नेछ । यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरूसहित सहजै एक्सचेन्ज गर्न पाइने आयोजकले जनाएको छ ।
यस्तै, महोत्सवमा यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार र अन्य ब्रान्डमा न्यूनतम २५ हजारको मूल्याङ्कन, एक्सचेन्जमा अतिरिक्त १० हजार रुपैयाँ बोनस, छ हजार रुपैयाँसम्मको नगद छुट, फ्रि एक्सेसरिजहरू, निःशुल्क आर्थिक वर्ष २०८२/८३ को सडक कर भुक्तानी, सात दशमलव ९९ प्रतिशत व्याजदरमा वित्तपोषण, ग्यारेन्टर आवश्यक नपर्ने सुविधालगायतका विशेष अफरहरू पनि समावेश छन् ।
यामाहा नेपालले यामाहा ब्लु फेस्ट केवल सवारी साधन एक्सचेन्ज कार्यक्रम मात्र नभएर सवारी संस्कृतिको उत्सव पनि रहेको बताएको छ । कम्पनीका अनुसार यसमा इनोभेसन, फनर कम्युनिटीबीचको सम्बन्ध मिसिएको छ ।