बैंकक । थाइल्यान्डका अर्थमन्त्री व्यापार वार्ताका लागि अर्को हप्ता संयुक्त राज्य अमेरिका जाने भएका छन् । पछिल्लो समय थाइल्यान्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को कर शुल्कमा वाशिङ्गटनसँग सम्झौता सुरक्षित गर्न खोजिरहेको छ ।
अर्को महिनाको समयसीमा सकिनुअघि कुनै सम्झौता भएन भने थाइ निर्यातले अमेरिकी राष्ट्रपतिको कर नीतिअन्तर्गत अमेरिकाका लागि प्रमुख निर्यातहरूमा ३६ प्रतिशत करको सामना गर्नुपर्नेछ । थाइ न्यूज एजेन्सी एमसीओटीका अनुसार अर्थमन्त्री पिचाई चुन्हावाजिराले पत्रकारहरूलाई अमेरिकी प्रतिनिधिसँग वार्ता तय गरी अर्को हप्ता प्रस्थान गर्ने योजना बनाएका छन् ।
उनको टिप्पणी अनलाइन अनुमानपछि आएको थियो जसमा वार्तापछि करहरू १८ प्रतिशतमा कटौती गरिने उनले सामाजिक सञ्जाल एक्समार्फत जनाएको अर्थशास्त्रीहरूले उल्लेख गरेका छन् । पिचाईले प्रस्तावको उद्देश्य व्यापार सन्तुलन कम गर्नु र थाइल्यान्डको बजारमा अमेरिकी निर्यात पहुँच विस्तार गर्नु रहेको बताएका छन् । थाइल्यान्डसँगको अमेरिकाको व्यापार घाटा सन् २०२४ मा ४५ खशमदज छ अर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव सात प्रतिशतले बढेको अमेरिकी व्यापार प्रतिनिधिको तथ्यांकले जनाएको छ ।