काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले एएमएल सीएफटीसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाईँ तथा कम्पनीका विभिन्न विभागीय प्रमुखहरू, प्रदेश प्रमुखहरू तथा वरिष्ठ व्यवस्थापकको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा कानुनी विभाग प्रमुख सुवास भण्डारीले एएमएल सीएफटीसम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा विद्यमान एएमएल सीएफटी ऐन, त्यसका प्रमुख प्रावधानहरू, रिपोर्टिङ दायित्वको भूमिका र बीमा कम्पनीमा लागू हुने नीतिगत तथा व्यावहारिक पक्षहरूबारे छलफल गरिएको थियो । कम्पनीले यस्तो किसिमका तालिम कार्यक्रममार्फत पारदर्शिता, उत्तरदायित्व र कानुनी अनुपालनमा प्रतिबद्धता जनाउँदै आएको छ । ब्रान्ड विभागलगायत सबै विभागले नियमनकारी निकायको मापदण्डअनुसार कार्य गर्नुपर्ने विषयमा प्रशिक्षणले स्पष्ट दिशा दिएको कम्पनीको भनाइ छ ।